You are viewing the translated version of विश्वविद्यालय परिषद्को विशेष बैठक.

Section 10
विश्वविद्यालय परिषद्को विशेष बैठक
(१) विश्वविद्यालय परिषद्को एक चौथाई सदस्यले आधार र कारण खुलाई विश्वविद्यालय परिषद्को विशेष बैठक बोलाउन माग गर्न सक्नेछन्‌।
(२) उपदफा (१) बमोजिम विशेष बैठक बोलाउन मांग गरेमा अध्यक्षले पन्ध्र दिनभित्र बैठक बोलाउनु पर्नेछ र त्यस्तो बैठक जुन विषयको छलफलको लागि बोलाइएको हो सोही विषयमा सीमित हुनु पर्नेछ।
(३) अध्यक्षले उपदफा (२) बमोजिम बैठक नबोलाएमा वा दफा १२ को उपदफा (१) बमोजिम निवेदन पेश भएमा कुलपतिले बैठक बोलाउनेछ र त्यस्तो बैठकको अध्यक्षता दफा ९ को उपदफा (८) बमोजिमको ज्येष्ठ सदस्यले गर्नेछ।
(४) विशेष बैठकको सञ्चालन र निर्णय प्रक्रिया सम्बन्धी अन्य व्यवस्था दफा ९ बमोजिम हुनेछ।